Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारक्याथे प्यासिफिक क्रुलाई खोप लगाउने वा जागिर छोड्ने विकल्प

क्याथे प्यासिफिक क्रुलाई खोप लगाउने वा जागिर छोड्ने विकल्प


हड.कड. ।
क्याथे प्यासिफिकले आफ्ना एयर क्रु मेम्बर (चालक दलका सदस्य)हरुलाई अनिवार्य रुपमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाउन वा जागिर छोड्न निर्देशन दिएको छ ।

बीबीसीका अनुसार ३१ अगस्टसम्म खोप नलगाएमा जागिरै गुमाउनसक्ने निर्देशन कम्पनीले दिएको छ । खोप लगाउने र नलगाउनेबीच सँगै काम गर्न अप्ठ्यारो हुने भन्दै सबैलाई खोप लगाउन बाध्य बनाइनलागेको हो ।

क्याथे प्यासिफिक हङकङको कम्पनी हो । कम्पनीका अनुसार उसका ९० प्रतिशत पाइलट र ६५ प्रतिशत क्याबिन क्रु मेम्बरले खोप लगाइसकेका वा लगाउने तयारीमा रहेका छन् । पछिल्लो समय अमेरिकालगायतका कतिपय एयरलाइन्स कम्पनीले पनि खोप लगाउन अनिवार्य गरिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया