Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा तीन करोड २९ लाख ज्येष्ठ नागरिकले पाए राहत

चीनमा तीन करोड २९ लाख ज्येष्ठ नागरिकले पाए राहत


बेइजिङ ।
चीनमा झण्डै तीन करोड २९ लाख ज्येष्ठ नागरिकले सरकारका तर्फबाट विभिन्न किसिमका राहत सुविधा प्राप्त गरेका छन् । सरकारी बिहीबार सार्वजनिक गरेको श्वेत पत्रमा मार्च २०२१ मा ज्येष्ठ नागरिकहरुले नर्सिङ सुविधा समेत पाएको उल्लेख छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको राज्य परिषद कार्यालयद्वारा सार्वजनिक गरिएको मानव अधिकार सम्बन्धी दस्तावेजमा राज्यका सबै नागरिकलाई समान व्यवहार र सम्मान प्रदान गरिएको बताइएको छ । यसैबीच, एक करोड ४८ लाख ज्येष्ठ नागरिकले खाद्यान्न सहायता तथा अति कठिनाईको सामना गरिरहेका ३८ लाख ज्येष्ठ नागरिकलाई विशेष अनुदान सहायता प्रदान गरिएको छ ।

सन् २०२१ को मार्च महिनामा चीनका तीन लाख ३० हजार भन्दा बढी संस्थाले ज्येष्ठ नागरिकका लागि अस्पतालहरुमा ८२ लाखभन्दा बढी शैया उपलब्ध गराएको पनि श्वेतपत्रमा उल्लेख छ । यसैगरी, चीनका जनताको औसत आयु सन् २०१९ मा ७७.३ वर्ष पुगेको पनि श्वेतपत्रमा जनाइएको छ । सन् १९४९ मा चीनमा औसत आयु ३५ वर्षमात्र थियो । मातृ तथा प्रसूति मातृ मृत्युदर पनि घटेको छ । प्राप्त विवरणमा प्रति एक लाखमा १७.८ मातृ मृत्यु रहेको छ भने शिशु मृत्युदरमा पनि प्रति एक लाखमा ५.६ रहेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया