Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलास भेगासमा चार अर्ब डलर खर्चिन मलेसियन क्यासिनो ग्रुप तयार

लास भेगासमा चार अर्ब डलर खर्चिन मलेसियन क्यासिनो ग्रुप तयार


क्वालालम्पुर ।
मलेसियाली क्यासिनो सञ्चालक समूह जेन्टिङ ग्रुपले अमेरिकाको क्यासिनो राजधानीस्थित लास भेगास रिसोर्टमा चार अर्ब ३० करोड अमेरिकी डलरको बोली लगाएको छ ।

लास भेगासमा रहेको रिसोर्ट वल्र्ड लास भेगास अत्यन्त महंगो रिसोर्ट हो । गत वर्ष भने कोरोना महामारी रोक्न लगाइएका कडाइ र प्रतिबन्धको कारण त्यहाँ जाने मानिसको संख्या ५० प्रतिशतले घटेको थियो । तर अहिले फेरि पर्यटकहरु जान थालेका छन् । यद्यपि सन् २०१९ को जति अझै पुग्न नसकेको बताइएको छ ।

यो रिसोर्टले ८८ एकड जमिन ओगटेको छ । यसमा तीन हजार पाँच सय होटल रुम र सुइट छन् । त्यस्तै पाँच हजार सिटयुक्त थिएटर र विश्वकै ठूलो एलईडी स्क्रिन यसका टावरमा रहेका छन् । जेन्टिङले अमेरिकी हिल्टन वल्र्डवाइडसँग मिलेर रिसोर्ट किन्न लागेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया