Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजुटजन्य निर्यातबाट बंगलादेशले एक अर्ब डलर आम्दानी ग-यो

जुटजन्य निर्यातबाट बंगलादेशले एक अर्ब डलर आम्दानी ग-यो


ढाका ।
बंगलादेशले जुट तथा जुटजन्य वस्तु निर्यातबाट एक अर्ब डलर आम्दानी गरेको छ । बंगलादेशका टेक्सटाइल तथा जुट मन्त्री गोलाम डास्टागिर गाजीले चालू आवको ११ महिनामा बंगलादेशले एक अर्ब छ करोड २५ लाख अमेरिकी डलर आम्दानी गरेको जानकारी दिएका हुन् ।

उक्त आय गत वर्षको उही समयको तुलनामा ३३.२३ प्रतिशतले बढी हो । त्यस्तै यो आय लक्ष्यको २.५७ प्रतिशतले बढी भएको बताइएको छ । उक्त मन्त्रालयका अनुसार जुट बंगलादेशको निर्यात व्यापारको दोस्रो ठूलो वस्तु हो ।

मन्त्री गोलामले बन्द रहेका जुट मिल पुनः खुलाउने तयारी भइरहेको समेत बताएका छन् । यसअघि उक्त मिलमा काम गर्नेले फेरि सोही रोजगारी पाउने उनको भनाइ छ । जुटजन्य निर्यात फस्टाइरहेका बेला बंगलादेशमा उक्त क्षेत्रमा नयाँ रोजगारीको अवसर प्राप्त हुने बताइएको छ । बंगलादेशी अर्थतन्त्रमा जुटले महत्वपूर्ण भूमिका खेलेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया