Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटेस्लाले चीनमा तीन लाख कार फिर्ता गर्ने

टेस्लाले चीनमा तीन लाख कार फिर्ता गर्ने


बेइजिङ ।
चिनियाँ नियामक अधिकारीहरुले टेस्लाले चीनमा तीन लाख हाराहारीमा कारहरु फिर्ता गर्ने जानकारी गराएका छन् । टेस्लाले चीनमा बनेका र आयात गरिएका मोडल ३ र मोडल वाई कारहरु एउटा अनलाइन सफ्टवेयर अपडेटका लागि फिर्ता गर्नलागेको हो ।

यद्यपि कार मालिकले फिर्ता गर्न बाध्य भने नहुने बताइएको छ । द स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसनले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार ड्राइभरहरुले झुक्किएर असिस्टेट ड्राइभिङ फंक्सन एक्टिभेट गराउनसक्ने र त्यसले सडक दुर्घटना हुनसक्ने जनाएको छ ।

चीनमा बनेका टेस्ला कारका लागि पहिलो रिमोट अनलाइन सफ्टवेयर २ लाख ४९ हजार ८ सय ५५ चीनमा बनेका मोडल ३ र मोडल वाई कार तथा ३५ हजार ६ सय ६५ आयातित मोडल ३ सेडानमा रहेको छ ।

टेस्लाले चीनमा मे महिनामा चीनमै बनेका ३३ हजार चार सय ६३ कारहरु बिक्री गरेको थियो । अहिले उसले चीनमै मोडल ३ सेडान र मोडल वाई एसयूभी शांघाईस्थित कारखानामा उत्पादन गरिरहेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया