Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारस्विट्जरल्यान्डमा युरोफाइटर एसेम्बल गर्ने एयरबसको प्रस्ताव

स्विट्जरल्यान्डमा युरोफाइटर एसेम्बल गर्ने एयरबसको प्रस्ताव


ब्रसेल्स । युरोपेली विमान निर्माता एयरबसले स्विट्जरल्यान्डमा युरोफाइटर विमान एसेम्बल गर्ने प्रस्ताव गरेको छ । तर स्विस राजधानी सहरले छ अर्ब स्विस फ्रान्क अर्थात् साढे छ अर्ब अमेरिकी डलरको रक्षाा सम्झौता गर्नुपर्ने एयरबसका एक प्रवक्ताले आइतबार स्विस सन्डे नामको एउटा पत्रिकालाई बताएका छन् ।

अहिले जर्मनी, इटली, स्पेन र बेलायतले युरोफाइटर बनाउँदै आएका छन् । यी सबै देशले राजनीतिक सहकार्यसँगै यो सम्झौता अफर गरेका छन् । सन् २०२५ सम्ममा डेलिभर गर्नुपर्ने दुईवटा अमेरिकी र दुईवटा युरोपियन फाइटर जेट एसेम्बलिङको लागि अफर गरिएको हो । स्विस क्याबिनेटले यसबारे बुधबारसम्म निर्णय लिने बताइएको छ ।

विमानहरुमा युरोफाइटर, फ्रान्सको डासल्टबाट राफेल, बोइङको एफ/ए१८ सुपर हर्नेट र लकहिड मार्टिनको एफ३५ए लाइटनिङ२ ले आयु सकिएका एफ//ए–१८ हर्नेटलाई विस्थापन गर्नेछन् । स्विस टेलिभिजनले गत हप्ता एफ–३५ ले राम्रो प्राविधिक र वित्तीय संरचना प्रदान गर्ने उल्लेख गरेको थियो तर निर्णयका लागि अझै खुल्ला नै रहेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया