Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबंगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइते

बंगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइते


ढाका । बंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यावसायिक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

बंगलादेशको राजधानी ढाकामा भएको यस घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । विस्फोटनको ठोस कारण अहिलेसम्म पनि नखुलेको र अनुसन्धान भइरहेको ढाकाका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

ढाका महानगरीय प्रहरीका आयुक्त शाफिक्वाल इस्लामले घटनामा परी सात जनाको मृत्यु भएको पुष्टि गरे । दुर्घटनामा परी घाइते भएका ५० जनामध्ये केहीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

सो व्यावसायिक भवनमा भएको विस्फोटनका कारण सँगै रहेका अन्य भवनहरुमा पनि क्षती पुगेको पाइएको छ । दुईवटा बस भने अधिकांश क्षति भएको छ । घटनाका बारेमा अनुसन्धान गर्न सरकारी तवरबाट पाँच सदस्यीय छानविन समिति गठन गरिएको अधिकारीहरुले जनाएका छन् । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया