Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोरोना संक्रमितको संख्या ४० हजारभन्दा कम

भारतमा कोरोना संक्रमितको संख्या ४० हजारभन्दा कम


नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा ३७ हजार पाँच सय ६६ थप व्यक्तिमा कोरोना संक्रमण भएपछि कोरोना संक्रमितको कुल संख्या तीन करोड तीन लाख १६ हजार आठ सय ९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा भएको कोरोना संक्रमित यो संख्या विगत एक सय दुई दिनयताकै सबैभन्दा कम हो । ४० हजारभन्दा कम व्यक्ति कोरोना संक्रमण भएको एक सय दुईपछि यो पहिलो पटक हो । भारतमा सोमबार कोरोना संक्रमणबाट नौ सय सात व्यक्तिको मृत्यु भएको छ ।

करिब ७० दिनपछि भारतमा गत दई दिनयतादेखि एक हजारभन्दा कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । गत अप्रिल १४ मा भारतमा कोरोना संक्रमणबाट एक हजारभन्दा बढीको मृत्यु भएको थियो । कोरोना प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९७ हजार छ सय ३७ पुगेको छ ।

हाल भारतमा पाँच लाख ५२ हजार छ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा कोरोना सुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ६६ हजार छ सय एक व्यक्ति कोरोनामुक्त भएका छन् । यहाँ कोरोना भाइरस मुक्तिदर ९६.८७ प्रतिशत रहेको छ  । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म ३२ करोड ९० लाख २९ हजार पाँच सय १० डोज कोरोनाविरुद्धको खोप लगाइएको छ । (रासस/सिन्ह्वा) 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया