Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियदक्षिण कोरियाली बैंकको ‘लेन्डिङ’ दरमा गिरावट

दक्षिण कोरियाली बैंकको ‘लेन्डिङ’ दरमा गिरावट


सोल । दक्षिण कोरियाली बैंकहरूको ‘लेन्डङ’ दरमा गत महिनाभन्दा कमी भएको केन्द्रीय बैंकद्वारा जारी एक तथ्याड्ढमा देखिएको छ । घरपरिवारलाई वार्षिक नयाँ बैंक ऋणको भार दर औसतमा मे महिनामा २.८९ प्रतिशतमा झरेको छ । यो जुन अघिल्लो महिनाको तुलनामा ०.०२ प्रतिशत अंकले घटेको बैंक अफ कोरिया (बीओके) ले जनाएको छ ।

सिन्ह्वाका अनुसार रियल स्टेट ऋण दर ०.०४ प्रतिशत विन्दुले घटेर २.६९ प्रतिशतमा पुगेको छ भने क्रेडिट ऋण दर ०.०४ प्रतिशत विन्दुले बढेर ३.६९ प्रतिशतमा पुगेको छ । यो तथ्यांक गत वर्षको मेदेखि ब्याजदरमा अपरिवर्तित कम–नीति दरको कारण कायम भएको बैंकले जनाएको छ । कम्पनीहरूलाई नयाँ बैंक ऋणको भारित औसत दर मेमा ०.०१ प्रतिशत अंकले बढेको हो । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया