Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभेनेजुएलामा कोभिड–१९ विरुद्ध व्यापक खोप अभियान सुरु

भेनेजुएलामा कोभिड–१९ विरुद्ध व्यापक खोप अभियान सुरु


काराकास । भेनेजुएलाका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ विरुद्ध राजधानी काराकासमा व्यापक खोप अभियान सुरु गरेका बताएका छन् । भेनेजुएलाले यस अभियानमा क्युबामा निर्माण गरिएको अब्दला खोप प्रयोग गरेको छ ।

क्युबाली खोप उत्पादक बायोक्युबाफर्माका स्थानीय प्रतिनिधि पेड्रो अल्मेन्डेर्सले यस खोप अभियानमा प्रयोग भएको क्युबाली खोप पहिलो डोज लगाइने बताउँदै यसको प्रभावकारिता निकै उत्कृष्ट रहेको दाबी गरे । हालैमात्र क्युबाले भेनेजुएलाको स्वास्थ्य मन्त्रालयसँग एक करोड २० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको थियो । यो खोप आगामी चार महिनाभित्र भेनेजुएलालाई उपलब्ध गराइने क्युबाली अधिकारीहरुले बताएका छन् ।

दुई देशबीच भएको यो सम्झौताबाट करिब ४० लाख भेनेजुएलाका नागरिकलाई खोप दिन पुग्नेछ । क्युबामा निर्मित अब्दला खोप तीन डोज लगाउनु पर्दछ । पहिलो चरणमा ३० लाख डोज खोप भेनेजुएला आइपुगेको र यसबाट १९ देखि ८० वर्षका १० लाख व्यक्तिलाई खोप दिन सकिने बायोक्युबाफर्माका अल्मेन्डेर्सले बताए । क्लिनिकल परीक्षणमा अब्दला खोपले नयाँ भेरिएन्ट समेतमा काम गर्ने बताउँदै अल्मेन्डेर्सले भने, ‘यो खोप ९२ प्रतिशत प्रभावकारी रहेको छ ।’ 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया