Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारउड्ने कारले पूरा ग-यो परीक्षण उडान

उड्ने कारले पूरा ग-यो परीक्षण उडान


ब्रसेल्स ।
एउटा उड्ने कारले विमानस्थलदेखि विमानस्थलसम्मको परीक्षण उडान पूरा गरेको छ । कारले स्लोभाकियाका नित्रा र ब्राटिस्लाभा अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ मिनेटको परीक्षण उडान सम्पन्न गरेको बताइएको छ । हाइब्रिड कार एयरक्राफ्टमा बीएमडब्लु इन्जिन छ भने नियमित पेट्रोल पम्प इन्धनमा उडान भर्छ । यसका रचयिता प्रोफेसर स्टेफान क्लेनले यसले एक हजार किमि उडान आठ हजार दुई सय फिट उचाइमा गर्न सक्ने बताए ।

उक्त कारले अहिलेसम्म वायुक्षेत्रमा ४० घण्टा बिताइसकेको उनको भनाइ छ । यो साधन कारबाट एयरक्राफ्टमा रुपान्तरण हुन दुई मिनेट १५ सेकेन्ड लाग्छ । सानो पखेटा भएको यो कारका छेउमा दुईतिरका पंखाहरु फोल्ड हुने सुविधा छ । परीक्षण उडानको दृश्य धेरै मानिसले हेरेको बताइएको छ ।

प्रोफेसर क्लेनले सोमबार बिहान गरेको परीक्षण उडानको अनुभव सुनाएका थिए । उनका अनुसार यो सामान्य र धेरै रमाइलो उडान थियो । वायुक्षेत्रमा रहँदा कारले एक सय ७० किमि प्रतिघण्टा गति लिएको थियो । यो कारमा दुई जना मानिस बस्नसक्छन् । अर्थात् दुई सय किलो तौल बोक्ने क्षमता छ । तर यो ड्रोन ट्याक्सी प्रोटोटाइप जसरी बसेकै स्थानबाट उडान भर्न भने सक्दैन । यसलाई त रनवे नै चाहिन्छ ।

प्रविधिको विकास र विस्तार हुने क्रममा पछिल्लो समय उड्ने ट्याक्सीमा ठूला ठूला कम्पनीहरुले समेत चासो देखाइरहेका छन् । किनकि यसैलाई भविष्यको यातायातको उपयुक्त साधनका रुपमा हेरिएको छ । सन् २०१९ मा कन्सल्ट्यान्ट कम्पनी मोर्गान स्ट्यान्लेले सन् २०४० सम्ममा यो क्षेत्रको मूल्यांकन नै १५ खर्ब अमेरिकी डलर पुग्ने अनुमान गरेको छ ।

एयरकार कम्पनी क्लेन भिजनका अनुसार यो कारण विकास गर्न दुई वर्ष लागेको छ भने २० लाख युरो लगानी भएको छ । उक्त कम्पनीले थोरै मात्र आफ्नो कम्पनीप्रति रुचि लागेर कारहरु बिक्री भए त्यो नै ठूलो सफलता हुने बताएको छ । अहिलेसम्म कम्पनीमा अमेरिकाबाट मात्रै ४० हजार कारको माग भएको क्लेन भिजनका सल्लाहकार एन्टोन जाज्याकले बताए । त्यसकारण त्यसको चार प्रतिशत मात्रै माग पूरा गरे पनि कम्पनीसँग ठूलो बजार उपलब्ध हुनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया