चीनले बजार सिद्धान्तअनुसार अमेरिकी वस्तुको आयात बढाउने
काठमाण्डौँ,माघ ६
चीनले बजार सिद्धान्तअनुसार अमेरिकी वस्तुको आयात बढाउने भएको छ । अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार चीनले अमेरिकी कम्पनीसँग सहकार्य गर्नेछ । ऊर्जा, उत्पादन, कृषि र मेडिकल सामग्री तथा वित्तीय सेवामा अमेरिकाले धेरै निर्यात गर्न सक्ने चीनको नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडीआरसी)का प्रवक्ता मेंग वेईले आइतबार जानकारी दिए ।
चीनले दुई वर्षभित्र २ खर्ब अमेरिकी डलरका वस्तु तथा सेवा खरिद गर्ने र अमेरिकाले केही वस्तुमा थपेको कर घटाउनुपर्ने केही दिनअघि दुई देशबीच भएको पहिलो चरणको व्यापार सम्झौतामा उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । उपभोक्ताको मागबमोजिम चीनले अमेरिकी कृषिजन्य उत्पादन आयात गर्ने चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया