Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारु १५ महिनायताकै कमजोर

भारु १५ महिनायताकै कमजोर


नयाँ दिल्ली ।
भारतीय रुपैयाँ १५ महिनायताकै कमजोर भएको छ । गत वर्ष मार्चदेखि महामारीयताकै यो ठूलो अवमूल्यन भएको रोयटर्सले जनाएको छ । मुख्यतः विश्व कच्चा तेलको मूल्यवृद्धि र अमेरिकी केन्द्रीय बैंकको ठूलो राहत प्याकेजका कारण भारु कमजोर बनेको बताइएको छ । व्यापारीहरुका अनुसार तेल आयातकर्ताबाट डलरको माग बढ्दा भारु अवमूल्यनमा त्यसको प्रभाव परेको छ ।

आंशिक रुपमा परिवर्तन हुने भारु प्रतिडलरको तुलनामा ७४.३२ पैसा पुगेको छ । यसअघि ७४.२२ भारु प्रतिडलर थियो । जुन महिनामा भारु २.४ प्रतिशतले अवमूल्यन भएको छ । यसअघि गत मार्चमा ४.६ प्रतिशतले अवमूल्यन भएको थियो । सन् २०२० को जनवरी–मार्च अवधिमा ५.८ प्रतिशतले झरेको भारु पछिल्लो त्रैमासिकमा १.७ प्रतिशतले ओर्लिएको छ ।

ब्रेन्ट क्रुड (कच्चा तेल) को मूल्य दुई वर्षयताकै उच्च हुनु भारतीय रुपैयाँको लागि जोखिम बनेको छ । यदि यो तेल प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगे त्यसले महंगी र चालू खाता घाटामा क्षति पु¥याउनसक्नेछ आईएफए ग्लोबल रिसर्चले आफ्नो नोटमा भनेको छ । ब्रेन्ट क्रुड अहिले प्रतिब्यारेल ७५.२८ अमेरिकी डलरमा अर्थात् शून्य दशमलव सात प्रतिशतले बढेर कारोबार भइरहेको छ ।

भारतले कच्चा तेलको पूरै आवश्यकताको दुई तिहाइ हिस्सा आयात गर्छ । तेलको मूल्य बढाउँदा महंगीका साथै अन्य नीतिगत जटिलता भारतीय केन्द्रीय बैंकमाथि सिर्जना गर्नसक्छ । बैंकले महामारीको प्रभाव न्यूनीकरण गर्ने मौद्रिक नीति अख्तियार गरिरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया