Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनिसानले बेलायतमा विद्युतीय कार उत्पादन विस्तार गर्ने

निसानले बेलायतमा विद्युतीय कार उत्पादन विस्तार गर्ने


लन्डन ।
जापानी सवारीसाधन निर्माता निसानले बेलायतमा रहेको विद्युतीय कार उत्पादन विस्तार गर्ने घोषणा गरेको छ । सन्डरल्यान्डस्थित कार प्लान्ट विस्तारको योजना कम्पनीले बनाएको हो । यसबाट एक हजार छ सय ५० नयाँ रोजगारी सिर्जना हुनेछ ।

एक अर्ब पाउन्ड स्टर्लिङ लगानीको अंगस्वरुप कम्पनीले नयाँ पुस्ताको पूर्ण विद्युतीय मोडलको कार उत्पादन गर्न लागिएको हो । यसको आपूर्ति शृंखलासँगै हजारौाँ रोजगारीमा सहयोग पुग्नेछ । त्यसैगरी निसानकै साझेदार इन्भिजन एईएससीले एउटा ब्याट्री प्लान्ट पनि बनाउने बीबीसीले समाचारमा जनाएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यसलाई महत्वपूर्ण क्षण भनेका छन् ।

निसानले नयाँ पुस्ताको पूर्ण विद्युतीय कार उत्पादनमा ४२ करोड ३० लाख पाउन्ड स्टर्लिङसम्म लगानी गर्ने जनाएको छ । द लिफको सफलताले हौसिएको निसानले पूर्ण विद्युतीय कारमा करोडौँ लगानीको घोषणा गरेको हो । नयाँ मोडलको उत्पादनले नौ सय नौ नयाँ रोजगारी तथा आपूर्ति शृंखलामा चार हजार पाँच सयभन्दा धेरै रोजगारी सिर्जना हुनेछ ।

अन्य उत्पादनस्थलबारे अहिले निश्चित नभइसकेको बताइएको छ । यता इन्भिजनको नयाँ गिगाफ्याक्ट्रीले निसानका एक हजार कारलाई प्रतिवर्ष ब्याट्री उपलब्ध गराउनेछ । यसबाट पनि सात सय ५० नयाँ रोजगारी सिर्जना गर्नेछ । नयाँ प्लान्टबाट सन् २०२४ सम्ममा उत्पादन सुरु हुनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया