Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाबाट पाकिस्तानले पायो २५ लाख खोप

अमेरिकाबाट पाकिस्तानले पायो २५ लाख खोप


इस्लामावाद । अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको २५ लाख खोप पाकिस्तान आइपुगेको छ । एजेन्सीहरुका अनुसार अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो । यो खोपले पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारी न्युनिकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ ।

महामारीले अप्ठ्यारोमा परेका बेला अमेरिकाले खोप उपलब्ध गराएपछि पाकिस्तानलाई ठूलो राहत भएको छ । पाकिस्तानको संघीय राजधानी इस्लामावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको खोप पाकिस्तानस्थित अमेरिकी राजदूत एंगेला पि एग्गेलेरले पाकिस्तानलाई हस्तान्तरण गरेको बताइएको छ ।

अमेरिकाले विश्वभर वितरण गर्ने गरी छुट्याएको आठ करोड खोपमध्ये अहिले २५ लाख खोप पाकिस्तानलाई उपलब्ध गराएको हो । पाकिस्तानमा अहिलेसम्म चीनले तीन प्रकारका खोप उपलब्ध गराएको छ । चीनले पाकिस्तानलाई सिनोफार्म, क्यानसिनोबायो र सिनोभ्याक खोप उपलब्ध गराएको हो । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पाकिस्तानमा अहिले कुल जनसंख्याको पाँच प्रतिशत मानिसले मात्रै खोप लगाउन पाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया