Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारन्यूनतम विश्व व्यवसाय कर १५ प्रतिशत राख्न एक सय ३० देश सहमत

न्यूनतम विश्व व्यवसाय कर १५ प्रतिशत राख्न एक सय ३० देश सहमत


जर्मनी ।
करिब एक सय ३० देशले विश्व न्यूनतम व्यवसाय कर १५ प्रतिशत राख्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तावप्रति समर्थन व्यक्त गरेका छन् । एपीका अनुसार बिहीबार यस्तो सहमति भएको बताइएको छ । विश्वमा डिजिटल अर्थतन्त्र बढिरहेको अवस्थामा बहुराष्ट्रिय कम्पनीको नाफा न्यून दर भएका देशमा शिफ्ट हुनबाट रोक्न यस्तो सहमति भएको हो ।

नवीकरणीय ऊर्जा र पूर्वाधार क्षेत्रमा राजस्व जुटाउन लागिपरेका बाइडेनले बहुराष्ट्रिय कम्पनीलाई विश्वव्यापी रुपमा कर लगाउनुपर्नेमा जोड दिइरहेका छन् । पेरिसमा रहेको आर्थिक सहकार्य र विकास संस्थाले न्यूनतम करदरको मञ्जुरी भएको घोषणा गरेको हो ।

फ्रान्सका अर्थमन्त्री ब्रुनो लि माइरेले योा सहमतिलाई शताब्दीकै महत्वपूर्ण भएको बताएका छन् । फ्रान्सले यसअघि नै अमेरिकी कम्पनीलक्षित डिजिटल कर लगाउन सुरु गरिसकेको छ । यसअनुसार अमेजन, गुगल र फेसबुकलाई उसले लक्ष्य गरेको छ । तर विश्वव्यापी कर लगाउने काम सुरु भए ती कर फिर्ता गर्ने फ्रान्सले जनाएको छ । अमेरिकी ट्रेजरी सेक्रेटरी जानेट येलेनले पनि यसलाई ऐतिहासिक दिन भनेकी छिन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया