Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारन्यूनतम विश्व व्यवसाय करलाई भारतको समर्थन

न्यूनतम विश्व व्यवसाय करलाई भारतको समर्थन


नयाँ दिल्ली ।
छिमेकी देश भारत पनि बहुराष्ट्रिय कम्पनीलाई न्यूनतम विश्व व्यवसाय कर लगाउने पक्षमा उभिएको छ । रोयटर्सका अनुसार यस्ता कम्पनीलाई न्यूनतम व्यवसाय कर लगाउने अमेरिकाको प्रस्तावमा भारतले पनि समर्थन जनाएको हो । जी२० सदस्यराष्ट्र र ओईसीडी सदस्यराष्ट्र समेत गरी १ सय ३० देशका अधिकारीहरुले बिहीबार जर्मनीको फ्रान्कफर्टमा अन्तर्राष्ट्रिय कम्पनीहरुलाई न्यूनतम कर निर्धारण गरी कार्यान्वयन गर्ने प्रस्तावमा सहमति गरेका थिए ।

भारत सरकारले यसले भारतले लिँदै आएको अडानलाई उचित ठहर गरेको एक वक्तव्यमा उल्लेख गरेको छ । उसले नाफाको ठूलो हिस्सा बजारमा जाने, नाफा बाँड्दा माग अवस्थाको मूल्यांकन हुने र ट्रिटी शपिङ रोकिने जस्ता फाइदा हुने उल्लेख गरेको छ । अमेरिकी ट्रेजरी सेक्रेटरी (अर्थमन्त्री) जानेट येलेनले भारतीय वित्तमन्त्री निर्मला सीतारमणलाई गत मंगलबार नै ग्लोबल मिनिमम ट्याक्सबारे छलफल गर्न अनुरोध गरेकी थिइन् । यी देशहरुले न्यूनतम विश्व व्यवसाय कर १५ प्रतिशत राख्न सहमत भएका हुन् ।

यसको कार्यान्वयन कहिलेदेखि कसरी गर्ने भन्ने अझै छलफलकै विषय छ । यो पनि अक्टोबरसम्म टुंगिनसक्ने बताइएको छ । त्यसो हुँदा पूर्ण कार्यान्वयनमा भने सन् २०२३ मा मात्रै आउने अर्गनाइजेसन फर इकोनोमिक ओअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)ले जनाएको छ । ओईसीडीले नै न्यूनतम कर लगाउनेबारे अभियान चलाएको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया