Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारस्वेज नहरमा अड्किएको पानीजहाज छोड्न इजिप्टसँग सम्झौता

स्वेज नहरमा अड्किएको पानीजहाज छोड्न इजिप्टसँग सम्झौता


इजिप्ट ।
स्वेज नहरमा गत मार्चमा आवागमन नै ठप्प पारेको भीमकाय कार्गो पानीजहाज छोड्न इजिप्ट सहमत भएको छ । पानीजहाजका मालिक र इन्स्योरेन्सकर्तासँग क्षतिपूर्ति सम्झौता भएसँगै इजिप्टले जहाज छोडाउन स्वीकृति दिएको बीबीसीले जनाएको छ ।

मार्चमा एभर ग्रिन नामको कार्गो बोकेको जहाज किनारामा छोएपछि त्यतिकै अड्किएको थियो । हप्ता दिनभन्दा बढी कार्गो रुट नै ठप्प हुँदा विश्व आपूर्ति प्रणालीमै समस्या आउने अवस्था सिर्जना भएको थियो । बुधबार ग्रेट बिटर लेक छोड्न इजिप्टले एभर ग्रिनलाई अनुमति दिएको बताइएको छ । लेक उक्त नहरको मध्यविन्दु हो ।

कस्तो सम्झौता भयो भन्नेचाहिँ अहिले नै खुलाइएको छैन । तर इजिप्टले ५५ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने माग गरेको थियो । चार सय मिटर लामो एभर ग्रिन तीव्र हावाहुरीसहितको प्रतिकूल मौसमका कारण छेउमा फस्नपुगेको थियो । सो क्रममा एक जनाको मृत्यु समेत भएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया