Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वभर तीन अर्ब २५ करोड बढी डोज कोरोनाविरुद्धको खोप लगाइयो

विश्वभर तीन अर्ब २५ करोड बढी डोज कोरोनाविरुद्धको खोप लगाइयो


अमेरिका ।
विश्वभर तीन अर्ब २५ करोड ८४ लाख पाँच सय ९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

भारतमा ३६ करोड १३ लाख २३ हजार पाँच सय ४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड २ लाख १४ हजार सात सय ३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड १३ लाख ९४ हजार छ सय ५० डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  ।

बेलायतमा सात करोड ९९ लाख ७० हजार दुई डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ७८ लाख ८२ हजार चार सय १४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७२ लाख ६९ हजार एक सय ५८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

इटाली पाँच करोड ६१ लाख ५६ हजार एक सय आठ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा पाँच करोड ४६ लाख ५६ हजार १५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान पाँच करोड आठ लाख ७० हजार नौ सय ६३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया