Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा संक्रमितको संख्यामा फेरि वृद्धि

भारतमा संक्रमितको संख्यामा फेरि वृद्धि


नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि वृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४५ हजार आठ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् । यसअघि बुधबार एक दिनमा नयाँ संक्रमितको संख्या ४३ हजार सात सय ३३ रहेको विवरण संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेका संक्रमितहरुको कुल संख्या भने चार लाख ६० हजार सात सय चार रहेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १।५ प्रतिशत मात्रै अहिले संक्रमित अवस्थामा रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा आठ सय १७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण कुल मृतकको संख्या चार लाख पाँच हजार २८ पुगेको छ ।

कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म भारतमा दुई करोड ९८ लाख ४३ हजार आठ सय २५ जना कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेका छन् । तीमध्ये ४४ हजार दुई सय ९१ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्ले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ४२ करोड ५२ लाख २५ हजार आठ सय ९७ पटक स्वाब परीक्षण गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया