Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकोरोना भाइरसविरुद्ध विश्वभर तीन अर्ब ३२ करोड बढी डोज खोप लगाइयो

कोरोना भाइरसविरुद्ध विश्वभर तीन अर्ब ३२ करोड बढी डोज खोप लगाइयो


काठमाडौं ।
विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार दुई सय ३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार एक सय १३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड पाँच लाख ६० हजार सात सय ३५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३० लाख ६२ हजार छ सय नौ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । बेलायतमा आठ करोड दुई लाख १२ हजार छ सय ६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ८६ लाख ७२ हजार ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

पोल्याड छ करोड सात लाख ५९ हजार सात सय ४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७२ लाख ७९ हजार एक सय ९८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार चार सय डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ५४ लाख ५६ हजार दुई सय ७६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया