Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्विटर, गुगल र फेसबुकविरुद्ध डोनाल्ड ट्रम्पले मुद्दा दर्ता गरे

ट्विटर, गुगल र फेसबुकविरुद्ध डोनाल्ड ट्रम्पले मुद्दा दर्ता गरे


अमेरिका ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वचर्चित तीन कम्पनीविरुद्ध ‘सेन्सरसिप’को मुद्दा दर्ता गरेका छन् । ट्रम्पले तीन कम्पनीले आफूमाथि अनावश्यक नियन्त्रण गरेर अनिश्चित कालसम्म एकाउन्ट निलम्बन गरेको भन्दै मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।

ट्रम्पले कम्पनीसँगै तिनका मालिकहरुविरुद्ध पनि मुद्दा दर्ता गरेको बीबीसीले जनाएको छ । गत जनवरीमा अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकले हुलदंगा गरेका थिए । त्यसपछि उनको सामाजिक सञ्जाल एकाउन्ट धमाधम रद्द गरिएको थियो । ट्रम्पले गर्दा अरु मानिसको जीवनमा असुरक्षा हुने तर्क अघि सार्दै फेसबुक, ट्विटर र गुगलले एकाउन्ट नै निलम्बन गरिदिएका थिए ।

त्यसयता चुपचाप बसेका ट्रम्पले स्वतन्त्र अभिव्यक्तिविरुद्ध बन्देज लगाउनखोजेको भन्दै मुद्दा दर्ता गर्नुपरेको बुधबार बताए । न्युजर्सीस्थित बेडमिनिस्टरमा रहेको आफ्नो रिसोर्टमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले सामाजिक सञ्जाल र तत्कालीन विपक्षी दल (हाल सत्तारुढ) डेमोक्रेटिक पार्टीका नेताहरुविरुद्ध आक्रोश पोखेका थिए । मुद्दामा आफूविरुद्ध गरिएका कारबाही अन्त्य गर्न माग गरिएको छ । उक्त मुद्दा फ्लोरिडा राज्यको संघीय अदालतमा दर्ता भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया