कोरोनाको उपचारका लागि नयाँ औषधि सिफारिस
अमेरिका ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधि सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निष्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ ।
औषधिसम्बन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोनाभाइरसविरुद्ध यो औषधि उपयोगी हुने निष्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन् । डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधिका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययनमध्येको एक भएको जानकारी दिइएको थियो ।
‘कोरोनाभाइरसका कारण गम्भीर अवस्थामा रहेका विरामीलाई पनि यसले सन्चो गराएको पाइएको छ, यसले विशेष गरेर प्रतिरक्षा शक्ति बढाउने काम गर्ने र यो धेरै प्रभावकारी भएको देखिएको छ’, डब्लुएचओका एक उच्च अधिकारीले पत्रकार सम्मेलनमा भने ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
- राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह
- राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
- कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
- कतारका अमिर शेखको स्वागतमा सांस्कृतिक भेषभूषामा नेपाली
- कतारका अमिरको भ्रमणमा श्रम सम्झौता नवीकरण एउटा मुद्दा, नेपाल के चाहन्छ ?
- मोटरसाइकल दुर्घटनामा धनुषाका पत्रकार यादवको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया