Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘चिनियाँ आर्थिक विकास दर स्थिर’

‘चिनियाँ आर्थिक विकास दर स्थिर’


बेइजिङ । सन् २०२१ को पूर्वार्धमा आर्थिक विकास दर स्थिर अवस्थामा रहेको यहाँको राष्ट्रिय विकास तथा सुधार आयोगले सोमबार जानकारी गराएको छ । सोमबार पत्रकार सम्मेलन गरी चीनको आर्थिक परिस्थितिबारे जानकारी गराइएको हो ।

चिनियाँ वर्षको पूर्वार्धमा उत्पादन मात्रा ५३२ खर्ब १६ अर्ब ७० करोड चिनियाँ युआन पुगेको आयोगले बताएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १२.७ प्रतिशतले वृद्धि हो ।

तथ्यांकअनुसार चीनको कृषि उत्पादन स्थिर देखिएको छ । औद्यौगिक उत्पादन द्रुतरूपमा विकास भएको र सेवा व्यवसायहरू पुनरूत्थान हुँदै आएको आयोगले बताएको छ । तीनवटा आवश्यकताबाट हेर्दा लगानीको पुनरूत्थान हुँदै आएको, उपभोगको पुनरूत्थान शक्ति बलियो भएको र निर्यातको मात्रा विकास हुँदै गएको आयोगको भनाइ रहेको छ ।

त्यसैगरी वासिन्दाको आम्दानीको वृद्धि दर तथा आर्थिक विकासको दर बराबर देखिएको र रोजगारीको परिस्थिति स्थिर भएका कारण बजारको भविष्य समृद्ध हुनसक्ने आयोगले प्रक्षेपण गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया