Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहजारौँ मुस्लिम तीर्थयात्रीहरू कोभिड नियम पालना गर्दै हजका लागि मक्कामा

हजारौँ मुस्लिम तीर्थयात्रीहरू कोभिड नियम पालना गर्दै हजका लागि मक्कामा


रियाद । कोभिड–१९ विरूद्धको खोप लगाइसकेका हजारौं मुस्लिम तीर्थयात्रीहरू साउदी अरबको मक्कामा हजका लागि भेला भएका छन् । इस्लामहरूको सबैभन्दा पवित्र स्थल भनिने मक्कामा मुस्लिम धर्मावलम्बीहरूले कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानुनको पालना गर्दै हज गर्न भेला भएका बताइएको छ ।

इस्लाम धर्मको पाँच महत्वपूर्ण पर्वमध्ये एक मानिने हज इद अल–अदह उत्सवको समापनसँगै सकिनेछ । शारीरिक रूपमा सक्षम हरेक मुस्लिम धर्मावलम्बीले जीवनमा कम्तीमा एक पटक मक्का पुगी हज गर्नुपर्ने विश्वासमा जीवनमा एक पटक यस पवित्र धार्मिकस्थलको भ्रमण गर्ने प्रयास गर्ने गरेका पाइन्छ ।

समाचार संस्था अल जजीराका अनुसार यस वर्ष हजका लागि मक्का पुगेका करिब १० हजार मुस्लिम धर्मावलम्बीले मास्क लगाएर सामाजिक दूरी कायम गर्दै आइतबार उनीहरूको धार्मिक उत्सव मनाएका हुन् । कोरोनाभाइरसका कारण लगातार दोस्रो वर्ष पनि विश्वमा मृत्यु हुनेको सङ्ख्या अझै पूर्ण नियन्त्रणमा नआएका कारण यस वर्ष भने मक्कामा ठूलो संख्यामा मुस्लिम धर्मावलम्बीहरू भेला हुनबाट नियन्त्रण गरिएको छ । गत वर्ष हज मनाउन विश्वभरका करिब २५ लाख मुसलमान मक्का पुगेका थिए ।

यो वर्ष हजका लागि साउदी अरबका कोभिड–१९ विरूद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा गर्न अनुमति त्यहाँको सरकारले दिएको छ । यद्यपि कोभिड–१९ को संक्रमणको जोखिमलाई ख्याल गर्दै सानो संख्यामा मात्र उनीहरू त्यहाँ पुगेका छन् । सायदी अरबबासी मुस्लिम धर्मावलम्बीको ठूलो जमात मक्का जान चाहेको भएपनि सबैले खोप लगाइ नसकेका कारण उनीहरूलाई त्यहाँ प्रवेश दिइनेछैन । साउदी अरबले महामारीका कारण हज गर्न जाने तीर्थयात्रीलाई नियन्त्रण गर्ने नीति अख्तियार गरेको यो दोस्रो वर्ष हो । रासस/एएनआई 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया