निसानका पूर्वप्रमुखलाई भगाएको अभियोगमा दुई अमेरिकीलाई जेल सजाय
जापान । जापानी कार कम्पनी निसानका पूर्वप्रमुखलाई जापानबाट भाग्न सघाएको अभियोगमा अमेरिकीलाई जेल सजाय तोकिएको छ । निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोनलाई सन् २०१९ मा जापानबाट भाग्न सघाएको अभियोगमा एउटा स्थानीय अदालतले दुई अमेरिकीलाई दोषी ठहर गरेको हो । उनीहरू बाबुछोरा भएको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
टोकियो अदालतले अमेरिकी विशेष बलका भूतपूर्व सैनिक ६० बर्षीय माइकल टेलरलाई उक्त मुद्दामा दुई वर्ष र उहाँका छोरा पिटरलाई अठार महिना जेल सजाय सुनाएको छ । जापानी अभियोजनकर्ताहरूले माइकल टेलरलाई दुई वर्ष १० महिना र पिटर टेलरलाई दुई वर्ष छ महिना कारागार पठाउनुपर्ने दाबी गरेका थिए ।
जापानमा कुनै पनि मुद्दामा आरोपितलाई हिरासतबाट उम्किन सघाउने व्यक्तिलाई कम्तीमा तीन वर्ष जेल सजाय हुने गर्छ । अमेरिकी बाबुछोरा दुबैलाई जापानमा मुद्दा परेका गोनलाई एउटा सामान राख्ने बाकसमा लुकाएर निजी विमानबाट भगाएको आरोप लागेका यी दुई जनालाई अमेरिकाले जापानसमक्ष सुपुर्दगी गरेको थियो ।
डिसेम्बर २०१९ मा गोनलाई पश्चिम जापानको कान्साई विमानस्थलबाट गोनलाई भगाउन योजना बनाएको आरोप टेलर बाबुछोरामाथि लागेको थियो । त्यसका लागि उनीहरूले १३ लाख डलर पारिश्रमिक लिएको दाबी गरिएको छ । दुबै व्यक्तिले अभियोग स्वीकार गरेका र आफूले गरेको कामप्रति पश्चात्ताप व्यक्त गरेका बताइएको छ । माइकल टेलरले अमेरिकामा निजी सुरक्षासम्बन्धी विशेषज्ञको काम गर्ने गरेका थिए ।
आर्थिक अनियमिततासम्बन्धी आरोपमा निसान कम्पनीका पूर्व प्रमुख गोन पहिलो पटक नोभेम्बर २०१८ मा पक्राउ परेका थिए । सन् २०१५ सम्म पाँच वर्ष आफ्नो आम्दानी कम देखाएको आरोप उनलाई लागेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
- सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
- नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली
- वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
- तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको सुझाव दिन गठित समितिले किन दियो निजगढ विमानस्थल बनाउने सुझाव
- के शिक्षामन्त्रीले चाहेर मात्रै दलमा आबद्ध शिक्षकहरूलाई बर्खास्त गर्न सम्भव छ?
- इजरेल र इरानसँग कति हतियार छन्, सैन्य शक्ति कसको बढी छ ?
- एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया