Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा थप ३० हजार ९३ नयाँ संक्रमित

भारतमा थप ३० हजार ९३ नयाँ संक्रमित


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट नयाँ ३० हजार ९३ जना संक्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । सोमबार भएको संक्रमितको यो संख्या गएको एक सय २५ दिनमा सब भन्दा कम भएको बताइएको छ । भारतमा हाल कुल संक्रमितको संख्या तीन करोड ११ लाख ७४ हजारभन्दा बढी पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या चार लाख छ हजार एक सय ३० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप तीन सय ७४ जनाको मृत्यु भएको पनि मन्त्रालयले मंगलबार जानकारी दिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १४ हजार चार सय ८२ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ४५ हजार दुई सय ५४ कोरोना मुक्त भएपछि भारतमा तीन करोड तीन लाख ५३ हजार सात सय १० व्यक्ति कोरोनामुक्त भएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ७३ लाख ४१ हजार एक सय ३३ जनाको स्वाब परीक्षण गरिएको छ । तीमध्ये १७ लाख ९२ हजार तीन सय ३६ जनाको स्वाब परीक्षण जुलाई १९ का दिन भएको छ ।

त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड १८ लाख ४६ हजार चार सय एकवटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया