Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेइजिङमा ९० प्रतिशत बढी वयष्कलाई कोभिडविरूद्धको खोप दिइयो

बेइजिङमा ९० प्रतिशत बढी वयष्कलाई कोभिडविरूद्धको खोप दिइयो


चीन । चीनको राजधानी बेइजिङमा १८ वर्षमाथिका ९० प्रतिशत व्यक्तिलाई कोभिड–१९ विरूद्धको दुवै खोप लगाइसकिएको स्थानीय अधिकारीले बताएका छन् । प्राप्त जानकारीअनुसार बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी वयष्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ । यो संख्या बेइजिङको वयष्क नागरिकको जनसंख्याको ९०.६ प्रतिशत हो ।

नगरपालिका प्रशासनले भनेको छ, ‘चिनियाँ राजधानीमा जन–खोप अभियान अन्तर्गत कोभिड–१९ विरूद्धको तीन करोड ६१ लाखभन्दा बढी खोपको मात्रा लगाइसकिएको छ । यो संख्या वयष्क संख्याको ९५.६ हो अर्थात् बेइजिङमा ९५ प्रतिशतभन्दा बढी वयष्क व्यक्तिलाई कम्तीमा एक मात्रा खोप लगाइएको छ ।’ बेइजिङमा मंगलबारदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूह (नाबालिग) लाई कोभिड–१९ विरूद्धको खोप लगाउन थालिएको नगर प्रशासनले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया