Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना संकटकै बीच बन्द भए १३ हजार भारतीय कम्पनी

कोरोना संकटकै बीच बन्द भए १३ हजार भारतीय कम्पनी


नयाँ दिल्ली । गत मार्चमा सम्पन्न आर्थिक वर्षमा भारतमा १२ हजार नौ सय कम्पनी सरकारको आधिकारिक सूचीबाट हटेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो अवधिमा ८७ कम्पनी दोस्रो कम्पनीमा गाभिएका छन् । नवभारत टाइम्सका अनुसार कर्पोरेट मामिला मन्त्रालयले राज्यसभामा मंगलबार यस्तो जानकारी दिएको हो । मन्त्रालयका अनुसार सन् २०१८ देखि २०२१ को जुनसम्म कम्पनी कानुन २०१३ को दफा २४८ अनुसार दुई लाख ३८ हजार दुई सय २३ कम्पनी बन्द भइसकेका छन् । तिनमा छ सय ५१ कम्पनी अर्को कम्पनीसँग मर्ज भएका छन् ।

कम्पनी कानुन २०१३ को उक्त दफाअनुसार कम्पनीहरुलाई सरकारको आधिकारिक सूचीबाट धेरै शर्त पूरा गरेपछि हटाउने गरिन्छ । यसमा धेरै कुरा आउँछन् । रजिष्ट्रार अफ कम्पनिजका अनुसार कुनै कम्पनीले दुई वर्षदेखि व्यवसाय गरेको छैन र यो अवधिमा उसले डोरमेन्ट कम्पनी स्टाटसको लागि आवेदन दिएको छैन भने कानुनी प्रक्रियापछि त्यस्ता कम्पनीलाई बन्द गर्न सकिन्छ ।

कुनै कम्पनी अरुसँग मर्ज हुन चाहेमा अदालतको मञ्जुरी लिएर उसलाई सहयोग समेत मिल्ने गर्छ । कर्पोरेट मामिलामन्त्री राव इन्द्रजित सिंहका अनुसार सन् २०२०/०२१ मा कुल १२ हजार नौ सय कम्पनीहरुलाई सरकारी सूचीबाट हटाइएको हो । ८७ वटा भने अरुसँग मर्ज भएको राज्यसभामा उनले लिखित जवाफ दिएका छन् । राज्यसभामा १३ हजार कम्पनी कोरोना कालमा बन्द भएको प्रश्नमा उनले यस्तो जवाफ पेस गरेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया