Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअर्थतन्त्रको उद्धारसँगै नीतिगत सुधार ल्याउन देशहरुलाई आईएमएफको आग्रह

अर्थतन्त्रको उद्धारसँगै नीतिगत सुधार ल्याउन देशहरुलाई आईएमएफको आग्रह


वासिड.टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले देशहरुलाई अर्थतन्त्रलाई डुब्न नदिन उद्धारसँगै नीतिगत सुधार गर्न आग्रह गरेको छ । कोषका दोस्रो नम्बरका अधिकारीले अर्थतन्त्र पुनरुत्थानलाई दिगो बनाउन यस्तो आग्रह गरेको रोयटर्सले जनाएको छ ।

आईएमएफको फस्र्ट डेपुटी मेनेजिङ डाइरेक्टर जियोफ्रे ओकामोटोले एउटा ब्लगपोस्टमा केही वृद्धिगामी नीतिहरु उल्ट्याएको र ढिला भएकोले नीतिगत सुधारले अर्थतन्त्रलाई सहयोग पुग्ने बताएका छन् । लाभ नदिने व्यवसाय र श्रम नीतिको समाधान र पुनर्संरचनाका लागि नीतिगत सुधारमा आईएमएफले जोड दिएको हो ।

यसले रोजगारी सिर्जना र श्रमिकलाई काम परिवर्तन गर्न सहयोग पुग्नुका साथै अर्थतन्त्रलाई चलायमान बनाउने कोषको भनाइ छ । त्यस्तै प्रतिस्पर्धा नीतिमा सुधारको कुरालाई लिएर युरोप र अमेरिकामा अहिले भइरहेको बहसले बजार एकाधिकारको समस्या समाधान हुने उसको भनाइ छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया