सामसुङले भारतमा ५० करोड डलरको डिस्प्ले फ्याक्ट्री खोल्ने
एजेन्सी नयाँ दिल्ली, माघ ८
दक्षिण कोरियाली मोबाइल डिस्प्ले निर्माता सामसुङ डिस्प्लेले भारतमा कारखाना खोल्ने भएको छ । यसका लागि ५० करोड डलर लगानी गर्ने योजना बनाएको रोयटर्सले जनाएको छ । सामसुङ डिस्प्लेको मातृकम्पनी सामसुङ इलेक्ट्रोनिक्स कमपनी हो । सामसुङले स्मार्टफोन उत्पादन विस्तार गर्न लागेको बताइएको छ । कम्पनीले फ्याक्ट्री खोलेमा त्यो भारतका लागि वरदान साबित हुनेछ ।
यसले भारतको ‘मेक इन इन्डिया’ कार्यक्रमलाई सघाउ पुग्ने अपेक्षा गरिएको छ । योजनामा सामसुङ इलेक्ट्रोनिक्सले ३५ अर्ब भारु ऋण दिनेछ । भारतको नोइडामा फ्याक्ट्री खुल्नेछ । डिस्प्ले युनिटका लागि ९२ करोड भारु छुट्याइएको पनि उल्लेख गरिएको छ । नोइडामा सामसुङले स्मार्टफोन निर्माण गरिरहेको छ । गत वर्ष चीनमा कम्पनीले स्मार्टफोन उत्पादन बन्द गरेको थियो । भारत स्मार्टफोनका लागि ठूलो बजार हो । चिनियाँ कम्पनीको कारण सामसुङलाई प्रतिस्पर्धा गर्नुपर्ने स्थिति रहिरहेको अवस्थामा भारतमा आफ्नै फ्याक्ट्री हुँदा यसले व्यवसायलाई सहज र प्रभावकारी बनाउने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया