विद्युतीय भ्यान कम्पनीमा हुन्डाई र कियाले ११ करोड डलर लगानी गर्ने
लन्डन, माघ ८
दक्षिण कोरियाका अटो निर्माता हुन्डाई र कियाले बेलायतमा विद्युतीय भ्यान उत्पादनका लागि ११ करोड डलर लगानी गर्ने भएका छन् । यसका लागि बेलायती कम्पनी अराइभलसँग मिल्ने दुवै कम्पनीले विज्ञप्तिमार्फत जनाएका छन् । दुई कम्पनीले ‘क्लिन मोबिलिटी ट्रान्सफरमेसन’ लक्ष्य पूरा गर्न थप कम्पनीसँग सहकार्य गरेर विद्युतीय सवारीसाधन निर्माण गर्ने पनि उनीहरुले जनाएका छन् ।
युरोपमा पर्यावरणमैत्री सवारीसाधनको बजार युरोपमा बढिरहेको छ । अराइभलसँग मिलेर दुई कम्पनीले विद्युतीय सवारीसाधन उत्पादन गर्दा यसले आफूहरुलाई विश्व पर्या–मैत्री सवारीसाधन बजारमा नेतृत्व लिन सकिने हुन्डाइको रिसर्च एण्ड डेभलपमेन्टका प्रमुख अल्बर्ट बिअरम्यानले बताए । ११ करोड डलरमध्ये हुन्डाईले करिब ८ करोड ८० लाख र कियाले करिब २ करोड २० लाख डलर लगानी गर्नेछन् । अराइभलका सीईओ डेनिस स्वेर्डलोभले कम्पनीले दोस्रो पुस्ताको विद्युतीय सवारीसाधन उत्पादन सुरु गर्ने बताए । हुन्डाई र कियासँगको साझेदारी रणनैतिक भएको अराइभलले जनाएको छ ।
हुन्डाईले जनवरीको सुरुतिरै पूर्ण विद्युतीय सवारीसाधन उत्पादन गर्ने बताइसकेको छ । त्यस्तै कियाले पनि धेरैभन्दा धेरै विद्युतीय सवारीसाधन निर्माण गर्ने घोषणा गरिसकेको छ । हुन्डाईले गत अक्टोवरमै स्वचालित सवारीसाधन सार्वजनिक गर्दै टेस्ला, गुगल, एप्पल र अन्य कम्पनीको सूचीमा आफूलाई समावेश गरिसकेको छ ।एजेन्सी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया