Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारप्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाउँदै भारत

प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाउँदै भारत


नयाँ दिल्ली, माघ ८

भारतले पछिल्लो समय प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । भारतीय मिडियाहरुका अनुसार उत्पादक क्षेत्रबाट प्याज आउन सुरु भएसँगै निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन लागिएको हो । भारतमा प्याज आउने क्रम सुरु भएसँगै मूल्य पनि घट्न थालेको छ । नवभारत टाइम्सका अनुसार नयाँ प्याजले मूल्य घट्ने भएपछि प्रतिबन्ध हटाउनुपर्ने एक अधिकारीले बताएका छन् । पछिल्लो समय भारतमा प्याजको मूल्य आकाशिएको छ । प्रतिकिलो १ सय ६० भारु प्रतिकिलोग्रामसम्म प्याजको भाउ बढेको थियो । विभिन्न स्थानबाट प्याज आउनथालेपछि हाल ६० देखि ७० भारुसम्ममा मूल्य झरेको छ । आगामी मे महिनासम्म भारतमा नयाँ प्याज आउने बताइएको छ ।

भारतले सन् २०१९ को सेप्टेम्बरमा घरेलु बजारमा पर्याप्त उपलब्ध गराउन र बढ्दो मूल्य नियन्त्रण गर्न निर्यातमा प्रतिबन्धको घोषणा गरेको थियो । साथै व्यापारीलाई समेत गोदाममा राख्ने सीमा निर्धारण गरिएको थियो । महाराष्ट्रमा प्याजको पर्याप्त खेती हुने भए पनि यो वर्ष मौसम प्रतिकूल भई बढी वर्षा हुँदा प्याज अभाव हुन गएको थियो । महाराष्ट्रको प्याज देशभित्रै राम्ररी पुग्न नपाएपछि राजधानी नयाँ दिल्लीलगायतका स्थानमा खुद्रा मूल्य आकाशिएको थियो ।एजेन्सी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया