Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वभर झण्डै चार अर्ब डोज खोप लगाइयो

विश्वभर झण्डै चार अर्ब डोज खोप लगाइयो


काठमाडौं । विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार दुई सय ३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांकहरू यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ५५ करोड दुई लाख ६८ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

भारतमा ४४ करोड १९ लाख १२ हजार तीन सय ९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३४ करोड ११ लाख ६० हजार नौ सय ३९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ८० लाख ७२ हजार दुई सय ४३ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  । जर्मनीमा आठ करोड ९३ लाख ८७ हजार दुई सय ५७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा आठ करोड ४५ लाख ८८ हजार ५३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

जापानमा सात करोड ७७ लाख २६ हजार नौ सय २९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा छ करोड ९८ लाख ८४ हजार सात सय ६७ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा छ करोड ७७ लाख ८७ हजार तीन सय ३२ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली छ करोड ५८ लाख ८७ हजार नौ सय ५४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । (रासस÷एएफपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया