Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो– खोप पहुँचले धनी र गरिब राष्ट्रबीचको दूरी बढायो

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्यो– खोप पहुँचले धनी र गरिब राष्ट्रबीचको दूरी बढायो


अमेरिका । अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोनाविरुद्धको खोपमा उनीहरुको भिन्नै पहुँचले धनी र गरिब राष्ट्रलाई फरक फरक दिशामा धकिलेरहेको जनाएको छ । विश्व अर्थतन्त्रको नयाँँ मूल्यांकन गर्दै आईएमएफले विश्व दुई ब्लकमा विभाजित भइरहेको जनाएको हो । बेलायतसहित यो वर्ष विश्व आर्थिक वृद्धिदर विकसित राष्ट्रहरूमा बढ्ने नयाँ अनुमान पनि गरिएको छ । धेरै विकासोन्मुख देशमा भने वृद्धिदर कमजोर भइरहेको आईएमएफको मूल्यांकन छ ।

आईएमएफका अनुसार यो वर्षको उत्तराद्र्धमा एक खेमाका देशहरुमा सामान्य गतिविधितर्फ उन्मुख भइरहँदा अर्को खेमाका देशहरुमा कोरोना संक्रमण र यसबाट हुने मृत्यु कायमै रहने देखिएको छ । उक्त प्रतिवेदनले धनी राष्ट्रले ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसकेको देखाएको छ । यता उदाउँदो बजार अर्थतन्त्रयुक्त देशमा त्यसको आधाभन्दा कम जनसंख्याले खोप पाएका छन् । कम आय भएका देशमा झनै कम रहेको उल्लेख गरिएको छ ।

धनी देशको आर्थिक वृद्धिदर आधा प्रतिशतले बलियो हुने अनुमान छ । तर विश्व अर्थतन्त्र वृद्धिदर भने छ प्रतिशत नै रहने उल्लेख गरिएको छ । अर्को वर्षको लागि भने ४.९ प्रतिशत वृद्धिदर प्रक्षेपण गरिएको छ । यसका बाबजुद कम संक्रमण दर भएका देशहरुमा पनि आर्थिक पुनरुत्थान हुन अन्यत्र यसको प्रभाव कम हुँदै जानुपर्ने उल्लेख गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया