Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजर्मनीमा आधा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप

जर्मनीमा आधा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप


बर्लिन । जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्यमन्त्री जेन्स स्पानले बताएका छन् । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले खोप अभियानलाई प्राथमिकतामा राखेको उनले बताएका हुन् ।

स्पानका अनुसार चार करोड १८ लाख जर्मन हाल पूर्णरुपमा सुरक्षित भएका छन् । जर्मनीको कुल जनसंख्या आठ करोड ३० लाख भन्दा बढी छ  । जर्मनीको आधा जनसंख्या भनेको चार करोड १५ लाखभन्दा बढी हो । त्यस्तै ६१.१ प्रतिशतले जर्मन नागरिकले कम्तीमा एक डोज खोप प्राप्त गरेको पनि उनले बताएका छन् । प्रायः सबैले नागरिकले शरद र जाडो मौसमसम्म खोप लिने पनि स्पानले ट्विटरमा लेखेका छन् ।

जर्मनीमा कोरोना भाइरस सुरु भएदेखि हालसम्म ३७ लाख ६६ हजार पाँच व्यक्ति संक्रमित भएका छन् । कोरोना संक्रमणको कारण ९१ हजार पाँच सय ९२ व्यक्तिको मृत्यु भएको यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया