Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा थपिए साढे ४३ हजार संक्रमित

भारतमा थपिए साढे ४३ हजार संक्रमित


नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार ६५४ जनामा कोरोना संक्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यहाँ दैनिक कोरोना भाइरस संक्रमितको संख्या सोमबारको तुलनामा मङ्गलबार बढेको सो मन्त्रालयले जानकारी दिएको छ । सोमबार २९ हजार छ सय ८९ जनामा कोरोना संक्रमण देखा परेको थियो ।

हाल भारतमा तीन लाख ९९ हजार चार सय ३६ जना सक्रिय संक्रमित रहेका समाचारमा जनाइएको छ । गत २४ घण्टाको अवधिमा भारतमा कोरोना संक्रमणको कारण छ सय ४० जनाको मृत्यु भएको छ । यसैसँगै यहाँ कोरोना सुरु भएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २२ हजार २२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ

गत २४ घण्टामा यहाँ ४१ हजार छ सय ७८ जना व्यक्ति कोरोनामुक्त भएपछि कुल तीन करोड छ लाख ६३ हजार एक सय ४७ व्यक्ति कोरोना भाइरसमुक्त भएका छन् । संक्रमण मुक्त भएकाहरुको यो संख्या ९७.३९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसविरुद्ध ४४ करोड ६१ लाख ५६ हजारभन्दा बढी डोज खोप लगाइएको छ । त्यसैगरी देशभर अहिलेसम्म ४६ करोड नौ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया