Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारप्रविधि कम्पनीको नाफा बढेको बढ्यै

प्रविधि कम्पनीको नाफा बढेको बढ्यै


अमेरिका । प्रविधि क्षेत्रका कम्पनीहरुको महामारी कालमा बढ्नथालेको नाफाले निरन्तरता पाएको छ । चर्चित कम्पनीहरुको नाफा महामारीयता पनि उत्तिकै हिसाबले बढिरहेको बीबीसीले जनाएको छ । यसअनुसार एप्पलको नाफा तीन महिनामै दोब्बर हुने क्रममा २१ अर्ब ७० करोड डलर पुगेको छ ।

जुन ३० सम्मको त्रैमासिक अवधिमा ग्राहकले फाइभजी आईफोन रुचाएको कारण नाफा बढेको हो । त्यस्तै माइक्रोसफ्टको नाफा पनि सोही अवधिमा १६ अर्ब ५० करोड डलर पुगेको छ । वर्षगत तुलनामा यो ४७ प्रतिशतको वृद्धि हो । यसका क्लाउड सर्भिस र गेमहरुको माग बढेका कारण कम्पनीले नाफा बढाउन सफल भएको हो ।

विश्लेषकहरुले यो तथ्यांकले प्रविधि कम्पनीहरुमाथि कडाइ गर्नुपर्ने आवाज उठ्नसक्ने चेतावनी दिएका छन् । गुगलको मातृकम्पनी अल्फाबेटले पनि मंगलबार त्रैमासिक बिक्री र नाफा दुवै उच्च दरमा बढेको विवरण सार्वजनिक गरेको छ । यसअघि निकै तल पुगेको कम्पनीको बिक्री र नाफा विज्ञापनमा भएको खर्चबाट प्राप्त भएको बताइएको छ । होम शपिङ अनलाइन कम्पनीहरुले कोरोना रोक्न लागू भएका प्रतिबन्धका कारण विज्ञापनमार्फत ग्राहकसँग जोडिन यस्तो खर्च गरेका हुन् ।

गुगलको भिडियो प्लेटफर्म युट्युबको राजस्व नै बढेर तीन महिनामै सात अर्ब डलर पुगेको छ । वर्षअघि यस्तो आम्दानी तीन अर्ब ८१ करोड डलर मात्रै थियो । गुगल प्रमुख सुन्दर पिचाईले संसारका धेरै स्थानमा अनलाइन गतिविधि बढेको बताए । गुगलका प्रमुख वित्तीय अधिकृत रथ पोराटले पनि ६१ अर्ब ९० करोड राजस्व प्राप्त हुनुले कन्जुमर अनलाइन एक्टिभिटी उच्च भएको देखिने बताए ।

एप्पलको कीर्तिमानी बिक्रीमा आईफोन बिक्रीदरका साथै यसका टीभी र म्युजिक स्ट्रिमिङ सेवावको डिजिटल सब्सक्रिप्सनले मद्दत गरेको देखिएको छ । एप्पलले एप्पल वाच, आईफोन १२ मोडलको धेरै बिक्री भएको जनाएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया