Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्राजिलमा कोभिडबाट हुने मृत्यु अझै घटेन, एक दिनमै एक हजार ३४४ को मृत्यु

ब्राजिलमा कोभिडबाट हुने मृत्यु अझै घटेन, एक दिनमै एक हजार ३४४ को मृत्यु


साओ पाओलो (रासस/सिन्ह्वा) । ब्राजिलमा कोभिड–१९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । अधिकारीका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट मृत्यु संख्या बढ्दै गएको छ । कोभिड–१९ बाट धेरै प्रभावित देशको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार ३४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा बुधबार मात्र पछिल्लो २४ घण्टा एक हजार ३४४ को ज्यान गएको मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । अहिलेसम्म सङ्क्रमणबाट ज्यान गुमाउने संख्या पाँच लाख ५३ हजार १७९ पुगेको छ । यहाँका अधिकारीले बुधबार यसअघिका दिनको तुलनामा धेरै नागरिकको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको बताएका छन् ।

त्यसैगरी कोभिडबाट सङ्क्रमित हुनेको संख्या पनि गएको २४ घण्टामा करिब ४८ हजारभन्दा बढी रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको संख्या एक करोड ९७ लाखभन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलमा दुई महिनाअघि कोभिड–१९ का सङ्क्रमित घटेको भएपनि पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया