Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा थप ४३ हजार सङ्क्रमित, ९७.३८ प्रतिशत सङ्क्रमणमुक्त

भारतमा थप ४३ हजार सङ्क्रमित, ९७.३८ प्रतिशत सङ्क्रमणमुक्त


नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्यामा पछिल्लो समय फेरि वृद्धि हुँदै गएको छ । केही दिन अगाडिसम्म ३५/४० हजारको हाराहारीमा रहेको दैनिक सङ्क्रमितको संख्या अहिले बढेर ४० हजारभन्दा बढी हुँदै गएको छ ।

सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ५०९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा ३८ हजार ४६५ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको संख्याभन्दा नयाँ सङ्क्रमितको संख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको संख्यासमेतमा वृद्धि भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल संख्या तीन करोड सात लाख एक हजार ६१२ पुगेको जनाएको छ । कुल सङ्क्रमितमध्ये ९७.३८ प्रतिशत सङ्क्रमित अहिले सङ्क्रमणमुक्त भइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिलेसम्म कुल ४६ करोड २६ लाख २९ हजार ७७३ स्वाब परीक्षण गरिएको छ । त्यसैगरी अहिलेसम्म कुल ४५ करोड सात लाख छ हजार २५७ खोप प्रयोग भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया