Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोप र अमेरिकाबाट बेलायत आउने यात्रुलाई क्वारेन्टिन बस्न नपर्ने

युरोप र अमेरिकाबाट बेलायत आउने यात्रुलाई क्वारेन्टिन बस्न नपर्ने


लण्डन । बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागू हुनेगरी हटाइएको सरकारका एक उच्च अधिकारीले बताए । उनका अनुसार उनीहरूले कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाइसकेको हुनुपर्नेछ ।

यो नियम आगामी सोमबार अर्थात् अगष्ट २ बाट लागू हुने बताइएको छ ।
युरोपियन मुलुकबाट आउनेहरूले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरूले ‘सीडीसी’ कार्ड उपलब्ध गराउनुपर्नेछ । तर, यात्रा गर्नुअघि र बेलायत आएको दोस्रो दिनमा भने यात्रुहरूले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ ।

पछिल्लो समय बेलायत प्रवेश गर्दा फ्रान्सबाहेकका ‘पहेलो सूची’ अन्तर्गतका मुलुकबाट आउने यात्रुहरूले आइसोलेशन बस्नु नपर्ने भएको हो । नयाँ नियमसँगै लामो समयदेखि आफ्ना परिवारबाट टाढिएका व्यक्तिहरूसँग भेट्न पाउने अवसर मिल्ने सरकारले जनाएको छ ।

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर बढे पनि यसको असर कम भएको भन्दै सरकारले जनजीवन सामान्य बनाउन प्रतिबन्धहरू क्रमशः कम गर्दै जाने जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया