Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ


जेनेभा (रासस/एएनआई) । विश्वभरि कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक संख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा आठ प्रतिशत वृद्धि भएको अधिकारीले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

संयुक्त राष्ट्रसङ्घको स्वास्थ्यसम्बन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको संख्यामा वृद्धि भएको जनाएको छ ।

पछिल्लो हप्ता दैनिक विश्वभरि पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लएचओको भनाइ छ । त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाको संख्यामा पनि थोरै वृद्धि भएको डब्लुएचओका अधिकारीले जनाएका छन् ।

डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ ।

सङ्क्रमितको कुल संख्याका आधारमा अमेरिका सवैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् । कतिपय देशमा कोरोनाभाइरसको चौथो चरणको महामारीसमेत सुरु भएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया