Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिका सेना ‘अचानक’ फिर्तापछि सुरक्षा बिग्रियो : अफगान राष्ट्रपति

अमेरिका सेना ‘अचानक’ फिर्तापछि सुरक्षा बिग्रियो : अफगान राष्ट्रपति


काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो सुरक्षास्थितिको प्रमुख कारक भएको सोमबार बताएका छन् ।

‘हाम्रो वर्तमान अवस्थाको कारक अमेरिकी नेतृत्वको रहेको उत्तर एटलान्टिक सैनिक सङ्गठन (नेटो) सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय हो’, उनले अफगान संसदमा भने । उनले वासिङ्टनलाई यो निकासले गलत ‘परिणाम’ ल्याउने चेतावनी दिएको टोलो न्युजले लेखेको छ । राष्ट्रपति घानीले राष्ट्रिय सभाको विशेष सत्रमा अफगानिस्तानले अस्तित्वको परीक्षणको सामना गरिरहेको र यो परीक्षण सफलतापूर्वक पारित गर्न देश एकजुट हुनुपर्ने बताए ।

घानीले मुलुकको सुरक्षा अवस्था सुधारका लागि ६ महिने सुरक्षा योजना को सुरुवात गर्ने घोषणा पनि गरेका छन् । उनले अफगानिस्तानमा विदेशी सैन्य उपस्थितिको अवधि समाप्त भएको र अब अफगानीहरूले आफ्नो भविष्य निर्धारण गर्ने जिम्मेवारी भएको बताए । राष्ट्रपति घानीले आफ्नो भाषणमा वर्तमान समयले मुलुकमा शान्ति र सद्भाव निर्माणको अवसर प्रदान गरेको र अबको समय एकता र ऐक्यबद्धताको समय भएको बताए ।

संसदका दुवै सदनका सदस्यहरूलाई सम्बोधन गर्दै घानीले देशले देशभरि हजारौंसँग सम्पर्क भएका तालिबानबाट ‘आक्रमण’को सामना गरिरहेको र शासनको रक्षा गर्न अफगान सेनालाई जुटाउनु आवश्यक रहेको बताए ।

तालिवानतर्फ संकेत गर्दै राष्ट्रपति घानीले भने, ‘अफगानीहरूबीचको शत्रुता गम्भीर बिषय हो । अहिलको अवस्थामा कुनै पनि समूहले आत्मसमर्पण गर्ने देखिएको छैन ।’ उनले थपे, ‘तालिवानहरूले आफ्ना हिंसात्मक आक्रमणलाई सशक्त बनाएका छन् । वास्तविकता के हो भने, गत तीन महिनामा हामीले अप्रत्याशित परिस्थितिको सामना गरेका छौं । हामीले आन्तरिक र बाह्य अफवाहको सामना गरिरहेका छौं ।’

घानीको यो भनाइ अफगास्तिानको सुरक्षा बलले तालिबानलाई नियन्त्रणमा राख्न संघर्ष गरिरहेका समय आएको छ । अफगानिस्तानको दक्षिण क्षेत्रमा लश्कर गाहमा सुरक्षा बल र तालिवान समूहबीच रातभर लडाइँ जारी रहेको थियो तर अफगानिस्तानको सेनाले तालिबानको पछिल्लो आक्रमणलाई विफल पारेको दावी गरेको छ ।

यसैबीच तालिवान प्रभावित इलाका लस्करघामा नेटो सैनिकको हवाइ आक्रमणमा कम्तीमा सात तालिवानी लडाकु र तालिवानका ३८ सहयोगी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले बताएको छ । तालिवान समूहले आइतबार हेलमण्ड प्रान्तको लस्करघास्थित एउटा जेलमा असफल आक्रमण गरेका थिए । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया