Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारउत्सर्जन कटौती लक्ष्य भेट्टाउन राष्ट्रसंघले दिएको समयसीमामा चीन र भारत असफल

उत्सर्जन कटौती लक्ष्य भेट्टाउन राष्ट्रसंघले दिएको समयसीमामा चीन र भारत असफल


बर्लिन । चीन र भारतले ग्रिनहाउस ग्यास उत्सर्जन कटौती गर्ने ताजा योजना पेस गर्न संयुक्त राष्ट्रसंघले दिएको समयसीमा यतिकै कटाएका छन् । विश्वका दुई यी चर्चित देश पनि तिनैमा पर्छन् जसले उनीहरुको हरितगृह ग्यास उत्सर्जन गर्ने लक्ष्यबारे बताउन असफल भएका छन् ।

राष्ट्रसंघीय जलवायु परिवर्तन संस्थालाई यसबारे उनीहरुले जुलाई ३१ मै योजना प्रस्तुत गर्नुपर्ने थियो । चीन विश्वकै धेरै यस्तो ग्यास उत्सर्जन गर्ने देश हो । त्यसपछि अमेरिका र तेस्रोमा भारत पर्छन् । अमेरिकाले भने नयाँ लक्ष्य गत अप्रिलमै प्रस्तुत गरिसकेको छ । राष्ट्रसंघीय जलवायु परिवर्तन संस्था प्रमुख प्याट्रिसिया एस्पिनोसाले राष्ट्रसंघको युनाइटेड नेसन्स फ्रेमववर्क कन्भेन्सन अन क्लाइमेट चेन्जमा हस्ताक्षर गर्ने एक सय १० राष्ट्रलाई स्वागत गरेकी छिन् ।

यी देशले निर्धारित समयसीमामै आआफ्ना योजना प्रस्तुत गरेका थिए । हालसम्म ५८ प्रतिशत देशले मात्रै यस्तो योजना समयमै बुझाएका छन् । चीन र भारतबाहेक साउदी अरेबिया, दक्षिण अफ्रिका, सिरिया र ८२ अरू राष्ट्रले पनि योजना बुझाउन असफल भएका छन् । नोभेम्बरमा यूएन क्लाइमेट चेन्ज कन्फरेन्स हुँदै छ ।

राष्ट्रसंघीय संस्था अहिले यसैको तयारीमा जुटेको छ । यो शताब्दीको अन्त्यसम्म विश्व तापक्रम दुई डिग्री सेल्सियसभन्दा कममै राख्ने लक्ष्य भेट्न देशहरूले थोरै मात्र प्रगति गरेको एस्पिनोसाको भनाइ छ । राष्ट्रसंघकै अघिल्लो रिपोर्टले यस्तो देखाएको हो ।

सन् २०१५ मा भएको पेरिस सन्धिमा देशहरुले उत्सर्जन कटौतीको आफ्नै लक्ष्य निर्धारण गर्न पाउने उल्लेख भए पनि त्यो पारदर्शी हुनुपर्ने भनिएको थियो । चीनले गत वर्ष कार्बन उत्सर्जन सन् २०३० अघि नै उच्च दरमा पुग्ने बताएको थियो । कार्बन शून्य बनाउन भने उसले सन् २०६० सम्म लाग्ने बताएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया