Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगुगललाई रूसमा जरिवाना

गुगललाई रूसमा जरिवाना


मस्को । रूसी राजधानी मस्कको एक अदालतले प्रविधिसम्बन्धी बहुराष्ट्रिय कम्पनी गुगललाई दण्डित गरेको छ । अदालतले गुगलविरुद्ध ३० लाख रुबल अर्थात् झण्डै ४१ हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने आदेश दिएको हो ।

गुगलले रूसी प्रयोगकर्ताको व्यक्तिगत विवरण दिन इन्कार गरेको भन्दै उक्त जरिवानाको आदेश भएको बताइएको छ । रूसले अनलाइन गतिविधिमा कडाइ गर्न यस्तो कदम चालेको एपीले जनाएको छ । रूसमा गुगललाई दण्डित गरिएको यो पहिलोपटक हो । फेसबुक र ट्विटरलाई यसअघि नै जरिवाना गरिएको थियो ।

रूसले सन् २०१२ तिरजस्तै अहिले पनि इन्टरनेट र सामाजिक सञ्जाल कम्पनीमाथि नियन्त्रण बढाउनलागेको छ । त्यतिबेला पनि सरकारी अधिकारीलाई निश्चित अनलाइन कन्टेन्ट ब्लक गर्ने र कम्पनीलाई कालोसूचीमा राख्ने कानुन थियो ।

रूसको सञ्चार वाचडग रोस्कोम्नाजरले धेरै वर्षदेखि फेसबुक, ट्विटर र गुगललाई आफ्ना नागरिकको व्यक्तिगत विवरण हस्तान्तरण गर्न असफल प्रयास गर्दै आएको छ । रूसमा डेटा स्टोरेज नभएका कम्पनीमाथि प्रतिबन्ध नै लगाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया