Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा थप पाँच दिन लकडाउन

बंगलादेशमा थप पाँच दिन लकडाउन


ढाका । बंगलादेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी बन्दाबन्दी (लकडाउन)लाई थप कडाईका साथ आगामी पाँच दिनका लागि बिस्तार गर्ने निर्णय गरेको छ । सरकारले महामारी नियन्त्रणका लागि यस पहिले जारी गरेको लकडाउन १० अगष्टसम्मका लागि बढाउने निर्णय लिएको राजधानी ढाकामा मंगलबार आयोजित उच्चस्तरीय बैठकपछि पत्रकार सम्मेलनमा मन्त्री ए.के.एम. मोजमेल हकले बताएका छन् ।

अगष्ट ११ देखि पदयात्री तथा यातायातमाथि आवतजावतमा लगाएको प्रतिबन्धलाई चरणबद्धरूपमा कम पार्दै लाने उनले बताए । उक्त दिनपछि सबै पसल तथा सपिङ मल पुनः सञ्चालनमा आउने उनले बताए । जुलाई २१ मा यहाँ मनाइने ईद अल–आदा पर्वको अवसरमा एक हप्तासम्म प्रतिबन्ध लगाएपछि बंगलादेशले जुलाई २३ देखि अगस्त ५ सम्म थप कडाइका साथ लकडाउनलाई निरन्तरता दिने बताएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया