Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपेप्सिकोले ट्रोपिकाना र अन्य जुस बिक्री गर्ने अर्बौँ डलरको सम्झौता

पेप्सिकोले ट्रोपिकाना र अन्य जुस बिक्री गर्ने अर्बौँ डलरको सम्झौता


अमेरिका । चर्चित बहुराष्ट्रिय कम्पनी पेप्सिकोले ट्रोपिकाना र अन्य जुसहरु एउटा निजी कम्पनीलाई तीन अर्ब ३० करोड अमेरिकी डलरमा बिक्री गर्ने भएको छ ।

कम्पनीले त्यसमा रहेको ३९ प्रतिशत सेयर नयाँ ज्वाइन्ट भेन्चरसँग मिलेर राखी पाई पार्टनरसँग यस्तो सम्झौता गरेको हो । यो बिक्रीले कम्पनीको फलफूल जुसप्रतिको मागबारे अनिश्चितता छाएको देखिन्छ ।

यो सम्झौताले कम्पनी सानो क्याटेगोरी र ब्रान्डमा नवप्रवर्तनात्मक हिसाबले अघि बढ्न खोजिएको देखिएको छ । गत वर्ष अमेरिकामा जुस बिक्री बढेको थियो । महामारीमा भिटामिन सीको फाइदा लिन बिक्री बढे पनि कुल जुस बिक्री भने सन् २०१५ र २०२० को बीचमा तीन प्रतिशतले घटेको बताइएको छ ।

सन् २००३ मा भने अमेरिकामा जुस बिक्री उच्च विन्दुमा पुगेको थियो । उक्त वर्ष चार अर्ब २० करोड डलर ग्यालन बिक्री भएको थियो । तर सन् २०१७ मा त्यो घटेर तीन अर्ब ग्यालनमा झरेको थियो ।

पेप्सिकै प्रतिस्पर्धी पेयपदार्थ बिक्रीकर्ता कोका–कोलाले पनि ओड्वाला र जिको जुसको बिक्री सुस्त भएको उल्लेख गरेको छ । गत वर्ष कम्पनीले जुस बिक्रीबाट तीन अर्ब डलर आम्दानी गरेको थियो । पेप्सिको न्युयोर्कस्थित कम्पनी हो । केही जुस व्यवसायको विकल्प ऊसँग युरोपमा पपनि रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया