Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअस्ट्रेलियामा अग्निनियन्त्रक विमान दुर्घटना, तीन अमेरिकीको मृत्यु

अस्ट्रेलियामा अग्निनियन्त्रक विमान दुर्घटना, तीन अमेरिकीको मृत्यु


सिड्नी, माघ १०
अस्ट्रेलियाको सिडनीबाट दक्षिण पश्चिमी भागमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्यांकर विमान बिहीबार दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुका अनुसार विमानमा सवार चालक दलका तीन जना अमेरिकीको मृत्यु भएको छ । न्यू साउथ वेल्सको ग्रामीण अग्निनियन्त्रण सेवाका आयुक्त शेन फिट्सिमन्सले क्यानाडाली कम्पनीको सी–१३० हर्कुलस विमानसँग स्थानीय समयअनुसार बिहीबार अपराह्न १.३० बजे सञ्चार सम्पर्कविच्छेद भएको बताए । उक्त जहाज स्लोई मोनारो क्षेत्रमा खटिएको थियो ।

फिट्सिमन्सले दुर्घटनामा चालक दलका तीनै जना सदस्यको मृत्यु भएको र उनीहरु संयुक्तराज्य अमेरिकाका बासिन्दा रहेको जानकारी दिए । अष्ट्रेलियाको जंगलमा लागेको विनाशकारी डढेलो नियन्त्रणमा सघाउन उनीहरुलाई संयुक्तराज्य अमेरिका सरकारले खटाएको थियो । उनले मारिने तीनै जना निकै अनुभवी रहेको पनि बताए । गत वर्ष सेप्टेम्बरमा सुरु भएको यस विनाशकारी डढेलोमा परेर कम्तीमा ३२ जनाको मृत्यु भइसकेको छ ।

यस दुर्घटनाको कारण तत्कालै थाहा हुन सकेको छैन, तर फिट्सिमन्सले तीव्र बेगको हावाका कारण पानी बोक्ने ठूला विमानको उडानलाई धेरै गाह्रो बनाइरहेको बताएका थिए । विमानको स्वामित्व रहेको क्यानाडाली फर्म कउल्सन एभिएसनले न्यू साउथ वेल्स र भिक्टोरियामा आगलागी नियन्त्रणमा प्रयोग गरिरहेका अन्य ठूला एयर ट्यांकर सञ्चालनलाई तत्काल स्थगन गरेको जनाएको छ । (रासस/एएफपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया