ग्रिसमा पहिलो महिला राष्ट्रपति
एथेन्स, माघ १०
वातावरणीय कानुन र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रिसको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरेकी थिइन् । एएफपीका अनुसार ग्रिसको विदेश नीतिमा संकट बढ्दै गएको अवस्थामा उनको नाममा भएको सहमतिले राम्रो संकेत गरेको केही जानकारहरुको भनाइ छ । ‘ग्रिसको खुलापन र भविष्यका लागि यो शुभ संकेत हो’, प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताए । उनले साकेल्लारापोलोउलाई राष्ट्रपतिमा चयन गरियोस् भन्दै बुधबारको संसद बैठकमा पेश गरेका थिए ।
चार दशकदेखि न्याय क्षेत्रमा सक्रिय अनुभवी ६३ वर्षीया साकेल्लारापोलोउले सन् २०१८ देखि ग्रिसको माथिल्लो प्रशासनिक अदालत (काउन्सिल अफ स्टेट)को अध्यक्षका रुपमा जिम्मेवारी सम्हालिरहेकी छिन् । यो पद सम्हाल्ने उनी पहिलो महिला पनि हुन् । सर्वोच्च अदालतका न्यायाधीशकी छोरी साकेल्लारापोलोउले पेरिसको सोर्बोन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गर्नुका साथै संवैधानिक र वातावरणीय कान्नमा विशेषज्ञ हुन् । हाल ग्रिसमा प्रोकोपिस पाभ्लोपोलोस राष्ट्रपति छन्, र उनको पाँच वर्षको कार्यकाल आगामी मार्चमा समाप्त हुँदै छ । ग्रिसमा राष्ट्रपतिको चयन संसदले गर्दछ ।
साकेल्लारापोलोउले बुधबार भएको मतदानमा २ सय ६१ मत प्राप्त गरेकी हुन् । मुख्य विपक्षी दलहरूको पनि समर्थन भएका कारण उनको विजयी सुनिश्चित भएको हो । संसद्मा राष्ट्रपति चयन हुन हाल न्यूनतम २०० मत भए पुग्छ । मुख्य विपक्षी वामपन्थी नेता अलेक्सिस सिप्रासले साकेल्लारापोलोउ एक असाधारण न्यायाधीश र मानव अधिकारको पक्षधर रहेकी बताइन् । समाजवादी किनाल पार्टीले पनि समर्थन जनाइसकेको छ । प्रधानमन्त्री मिट्सोटाकिसले यसपटक राष्ट्रपतिका लागि महिलाको छनौट मात्र होइन कुनै दलको सदस्य नरहेको व्यक्ति पनि राष्ट्रपतिमा उम्मेदवार बनेकाले विगतको लामो परम्परा तोडिएको बताए । विगतका राष्ट्रपतिहरू प्रायः पार्टीका वरिष्ठ व्यक्तित्वहरू रहने गरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
- स्वावलम्बनको वित्तीय साक्षरता
- अर्थतन्त्र सुधार्ने जिम्मा डा. महतलाई
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया