Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्रिक्स मुलुकहरूलाई अन्तर्राष्ट्रिय मञ्चले बेवास्ता गर्नु हुँदैन: चिनियाँ राष्ट्रपति

ब्रिक्स मुलुकहरूलाई अन्तर्राष्ट्रिय मञ्चले बेवास्ता गर्नु हुँदैन: चिनियाँ राष्ट्रपति


बेइजिङ । चीनका राष्ट्राध्यक्ष सी चिन फिङले विगत १५ बर्षमा ब्रिक्स सदस्य राष्ट्रहरूले पारस्परिक विश्वास बढाउने कार्यलाई पालन गरेको बताएका छन् । बिहीबार साँझ भिडियोमार्फत ब्रिक्स मुलुकका नेताहरूको १३औँ बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘उदीयमान अर्थतन्त्र मानिएका ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाले बितेका १५ वर्षमा खुलापन, समावेशीकरण, समान व्यवहार, रणनीतिक आदान–प्रदान र राजनीतिक पारस्परिक विश्वास बढाउने कार्यलाई पालना गरेका छन् । यो सहकार्य विश्वको आर्थिक विकास र राजनीतिक सन्तुलनका लागि महत्वपूर्ण रहेको छ ।’

उनले पाँच देशहरू बीचको व्यावहारिक सिर्जना, साझा जित सहयोगमा जोड, सहयोगहरूको बढावा र साझा विकासको बाटोमा अगाडि बढ्ने क्रमलाई जारी राख्ने बताए । उनले भने, ‘पाँच देशहरूबीचको बहुपक्षीयताको समर्थन र वैश्विक शासनमा सहभागी हुँदै ब्रिक्स मुलुकहरू अन्तर्राष्ट्रिय मञ्चमा बेवास्ता नगर्ने एक महत्वपूर्ण शक्ति बनेका छन् ।’

आउने वर्ष चीनले ब्रिक्स नेतास्तरीय १४औँ वार्ताको संयोजन गर्नेछ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर ९ तारिख राति भिडियोमार्फत ब्रिक्सको १३ औँ शिखर वार्तामा भाग लिँदै उक्त कुरा बताएका हुन् । ब्रिक्सका सदस्य साझेदारहरूसँग विभिन्न क्षेत्रको सहयोगलाई चौतर्फी गहन पार्दै अझ व्यावहारिक साझेदारी सम्बन्धको निर्माण गर्ने विश्वास चीनले लिएको उनले बताए । यो साझेदारीले चुनौतीहरूलाई संयुक्त रूपमा सामना गरी सुन्दर भाविष्य सिर्जना गर्न सकिनेछ चिनियाँ राष्ट्रपतिले बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया